आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार

मङ्गलबार, १४ वैशाख २०७८, १६ : २१
मङ्गलबार, १४ वैशाख २०७८

पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेसनल अस्पतालले मङ्गलबार जानकारी दिएको छ । कोरोना सङ्क्रमित भएपछि पूर्वराजा दम्पती बैशाख ११ गतेदेखि नर्भिक अस्पताल भर्ना भएका थिए । 

कोरोनाबाट सङ्क्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्व रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराज कुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

उनीहरु तीनै जनामा केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप