मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

मङ्गलबार, १४ वैशाख २०७८, २१ : ००
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । आगामी वैशाख १६ गतेदेखि अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो । 
‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं’ प्रवक्ता डा.लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप