आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

मङ्गलबार, १४ वैशाख २०७८, १४ : ०४
मङ्गलबार, १४ वैशाख २०७८

नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
नेताहरुका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयका तर्फबाट पेस हुने विधानमाथि छलफल हुनेछ ।

मंगलबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको माओवादीको केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 
केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेका बेला माओवादीको बैठकलाई चासोका साथ हेरिएको छ । 

यसअघि बसेको माओवादी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप