प्रहरी अस्पतालमा अत्यासलाग्दो भीड, प्रहरी निरिह
काठमाडौं । कोरोना भाइरस बिरुद्धको खोप लगाउन गएकाहरूको भीडले पानीपोखरीस्थित नेपाल प्रहरीको अस्पताल कम्पाउन्ड भरिभराउ छ । स्वास्थ्य मन्त्रालयले तय गरेको दुई मिटरको दुरी कायम गर्नुपर्ने सरकारी मापदण्डको प्रहरीको अस्पतालमा धज्जी उडाइएको छ । तर, अस्पतालले मापदण्ड पालना गराउन सकेको छैन् ।
महामारी बढेपछि मंगलबार बिहान खोप लगाउन प्रहरी अस्पताल पुगेकाहरू ठेलाठेल गरेर खोप लगाइरहेका छन् । प्रहरी अस्पतालसँग १५ सय खोप छ । तर, लाइनमा बसेकाहरु कति छन् भन्ने यकिन गर्न सकिने अवस्था छैन् ।
खोप लगाउन आएका मानिसलाई बुझाउन नसकिएको बताउँछिन्, अस्पतालकी प्रमुख (एआईजी) डा. आशा सिंह । ‘दुई मिटरको दुरी कायम गर्नुस् भन्दा पनि टेर्दैनन्’ डा. आशाले रातोपाटीसँग भनिन्–‘पब्लिक सेन्टिमेन्टको कुरा छ, प्रहरीकै अस्पतालमा लाठीचार्ज पनि कसरी गर्ने ?’
मर्ने, बाँच्ने कुरा भएको भन्दै आफुसँग भएको १५ सय डोजले नपुगे फेरी मगाएर पनि खोप लगाउने अस्पतालको तयारी छ । ‘खोप नपुगे फेरी ल्याउँछौँ’ डा. आशा भन्छिन्–‘हिजो साढे १५ सय डोज लगाएका थियौं ।’
सर्वसाधारणले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने भएपनि मास्कसमेत नलगाई लाइन बसेको आफुले देखेको डा. सिंहले बताइन् । प्रहरी अस्पतालमा भीड लागेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।
सामाजिक सञ्जालमा नभएर आफुले अस्पताल हातामै भीड देखेको बताउँदै डा. सिंहले रातोपाटीसँग भनिन्–‘प्रहरी बोलाएर लाठीचार्ज गर्न मिलेन, सकेसम्म सबैलाई खोप लगाएर पठाउँछौं ।’















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण