शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा

मङ्गलबार, १४ वैशाख २०७८, १३ : ०६
मङ्गलबार, १४ वैशाख २०७८

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा गरिएको छ ।  सोमबार ‘फ्लोर क्रस’ भौतिक पूर्वाधार मन्त्री बनेका अम्मरबहादुर थापाको सहभागितामा कमिटीको घोषणा गरिएको हो ।  

एमालेका नेता बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ समेत खुवाएका थिए । उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन् ।

अध्यक्ष बनेका बरुनाथ योगीले रातोपाटीसँग भने ,‘ पार्टी एकता केही गरेर पनि नहुने देखिएको छ। पार्टी एकताकै लागि हामीले दबाब मुलक काम गरेका हौँ ।’ केही  गरेर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको योजना बलियो भयो भने हामीलाई निकाल्ने धकेल्ने कार्य भएको खण्डमा उपाए खोज्नुपर्ला,’उनले भने,‘ अहिले सुर्य चिन्ह झण्डा राखेर नै कमिटी चाँही घोषणा गरेका छौँ ।’

जिल्लाको छटौँ अधिवेशनबाट आएका अध्यक्ष रविन्द्रराज शर्मा ओली पक्षतिर रहेको बताउँदै योगिले भने,‘ उहाँहरुले एकलौटे पारेर हामीलाई छाडेर कार्यक्रमहरु गर्नूभयो । त्यसैले हामीले पनि कमिटी गठन गरेका हौँ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप