खोप लगाउने लाइनको भद्रगोल व्यवस्थापनः बल्लबल्ल पालो आयो, कार्ड आएन (तस्बिरहरु)

राजधानीमा कारोनाभाइरसको बढ्दो संक्रमणका कारण बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । तर विभिन्न अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको अत्यधिक भीड देखिएको मात्रै छैन व्यवस्थापन पनि फितलो देखिएको छ ।
ललितपुरको निदान अस्पतालमा कोरोनाभाइरसको खोप लगाउनको लामो लाइन रहेको छ भने सामाजिक दूरीको कुनै पालना भएको देखिँदैन ।
उसो त व्यवस्थापन पनि फितलो देखिन्छ । लामो लाइन बसेपछि पालो बल्ल बल्ल आउँछ तर खोप लगाउनका लागि कार्ड नै नपाउने गरेको कतिपयले गुनासो गरेका छन् । ‘कार्ड आइनपुग्दा लाइनमा पालो आएपनि खोप लगाउन पाइएन’, एक सर्वसाधारणले भने ।
बालकुमारीबाट निदान आएका सर्वसाधारण राम लामाले चार घण्टासम्म लाइनमा बस्दा पनि पालो नआएका बताए ।
‘कहिले पालो आउने हो थाहा छैन । कार्ड सकिएको छ भनिएको छ’, उनले भने, ‘हामीभन्दा पछाडि लाइनमा बस्नेले झन् कतिबेला लगाउन पाउने होलान् ।’
खोप लगाउनका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि उस्तै भीड रहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा