शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रहरी अस्पतालमै मापदण्डको धज्जी : खोप लगाउने अस्पतालबाटै कोरोना सर्ने डर

मङ्गलबार, १४ वैशाख २०७८, १२ : १०
मङ्गलबार, १४ वैशाख २०७८

महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउनेको अत्यधिक भीड बढेको छ । मंगलबार बिहानैदेखि सो अस्पतालमा भ्याक्सिन लगाउनका लागि नेपाल प्रहरी कर्मचारीसहित सर्वसाधारणसम्म जम्मा हुँदा अत्यधिक भीड लागेको हो । 
भीड निकै अव्यवस्थित रहेको छ भने कुनै सामाजिक दूरी पालना भएको छैन । मानिसहरु कोरोनाविरुद्धको खोप लगाउनका लागि ठेलमठेल गरेर लाइन लागिरहेको देखिन्छ । जसका कारण  कोरोना संक्रमण सर्ने जोखिम उच्च देखिएको छ । 
अस्पताल स्रोतका अनुसार एक दिनमा प्रहरी अस्पतालमा २ हजार जनालाई खोप लगाउन सकिने क्षमता रहेको छ तर ५ हजार बढी जम्मा भएका छन् । 

काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित बढ्दै गएका छन् तर विभिन्न नाममा भीडभाड हुने क्रम रोकिएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप