बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशासनले २ दिनको समय दिएपछि गाउँ फर्कने बढे

मङ्गलबार, १४ वैशाख २०७८, ११ : ३०
मङ्गलबार, १४ वैशाख २०७८

सरकारले कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाबाट बाहिरिनेहरु बढ्न थालेका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ भने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्दै वैशाख मसान्तसम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

यससँगै उपत्यकाबाहिर घर भइ काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै बसेका सर्वसाधारण आफ्नो थातथलोतिर लागेका हुन् । मंगलबार बिहानै आफ्नो घर जानका लागि कलंकी, कोटेश्वर, बल्खु, नयाँ बसपार्कलगायतका स्थानमा सर्वसाधारणहरूको भिडभाड रहेको थियो ।

उसो त काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यका बाहिर जान चाहनेका लागि दुई दिनको समय दिएर प्रशासनले निषेधाज्ञाको निर्णय गरेको सोमबार नै बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप