बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु
मङ्गलबार, १४ वैशाख २०७८, १० : १७
यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए ।
डा पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पताल भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी रहेका थिए । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
पत्रकार महासंघको निर्वाचन : रातोपाटीकर्मीहरु निर्वाचित
-
चीनमा मासु निर्यात सहज बनाउन खोरेत रोग नियन्त्रणको अभियानमा छौँ : महानिर्देशक दाहाल
-
अर्थ समितिमा बारम्बार कोरम नपुग्ने समस्या, बैठक गलफतीमै सीमित
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी