आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पंखा र स्पिकरमा सेट गरेर ल्याएको सुन विमानस्थलबाट बरामद

सोमबार, १३ वैशाख २०७८, २१ : ५५
सोमबार, १३ वैशाख २०७८

 पंखा र स्पिकरमा सेट गरेर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।

दुवईबाट ल्याएको ८ सय ६१ दशमलव ८२ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीले बरामद गरेको हो ।

वायुसेवा निगमको उडानबाट सुन लिएर आउने धादिङ खनियावास–१ घर भएका सन्दिप तामाङलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए ।

स्पिकर र पंखामा सेट गरिएका दुईवटा बिस्कुट र एक थान सुनको बाला लिएर सन्दिप काठमाडौं ओर्लिएका थिए । अवैध तरिकाले सुन ल्याएको बारे विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप