पञ्जाव किङ्ग्सलाई १२३ रनमै रोक्यो कोलकाता नाइट राइडर्सले
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत २१ औं म्याचमा कोलकाता नाइट राइडरले पञ्जाव किङ्ग्सलाई १२३ रनमा रोकेको छ ।
टस जितेर फिल्डिङ रोजेको कोलकाताले पञ्जावलाई सुरुदेखि नै दबाबमा राखेको हो । स्कोरबोर्डमा १२३ रन जोड्ने क्रममा पञ्जावले ९ विकेट गुमायो ।
पञ्जावका लागि मयंक अग्रवालले ३१, क्रिस जोर्डनले ३० रन बनाए भने कप्तान केएल राहुल र निकोलस पुरनले समान १९ रनको योगदान गरे । त्यस्तै शाहरुख खानले १३ रन बनाए ।
यस क्रममा कोलकाताका लागि प्रशिद्ध कृष्णाले तीन, पाट कमिन्स र सुनिल नारिनले दुई दुई विकेट लिए । यस्तै शिवम माभी र वरुण चक्रवर्तीले एक एक विकेट हात पारे ।
पाँच खेल खेलिसकेको कोलकाता अंक तालिकाको पुछारमा छ । उसले पाँचमध्ये एउटामा जित र चारवटामा पराजय झेलेको छ । पञ्जाव भने पाँचमध्ये दुईवटामा जित र तीनवटामा पराजय व्यहोर्दै अंक तालिकाको पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान