शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा विवाह–व्रतबन्ध गर्न प्रशासनको स्वीकृति अनिवार्य

१५ जनाभन्दा बढी भेला हुन निषेध
सोमबार, १३ वैशाख २०७८, २० : ०५
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा विवाह र व्रतबन्धको कार्यक्रम गर्नुपरेमा १५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

‘विवाह व्रतबन्धको कार्यक्रमका लागी पूर्व अनुमति लिनुपर्छ’ काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले रातोपाटीसँग भने– ‘स्थानीय प्रशासनको अनुमतिपछि थोरै मान्छे भेला भएर विवाह र व्रतबन्धको कार्यक्रम गर्न दिने निर्णय गरेका छौं ।

विवाह र व्रतबन्धमा १५ जना भन्दा धेरै सहभागी हुने पाउने छैनन् । सोमबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाका होटल र रेष्टुरेण्ट पनि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको प्रजिअ पराजुलीले बताए । उनले भने–‘होटल, रेष्टुरेण्ट एक साताका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप