मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन

सोमबार, १३ वैशाख २०७८, १९ : ३५
सोमबार, १३ वैशाख २०७८

काठमाडौं उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन र आइसोलेशनमा बस्नुपर्ने भएको छ । तीन जिल्ला उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा पर्ने हुन्छ । 

उपत्यका प्रवेश गर्नेहरुका लागि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गर्ने छ । र सो क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ । 

पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीब्र रुपमा बढीरहेको हुँदा सो संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी बैशाख १६ गतेदेखि विहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप