नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब क्यूआर स्क्यानबाटै गर्न सकिने
काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आजदेखि प्रारम्भ भएको छ ।
निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको शुरुवात गरे ।
निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताए । उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालीमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाऊँगाँऊबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने कुरा बताए ।
सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गरे । अधिकारीले निगमसँग पुन सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिको रुपमा लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ