काठमाडौं उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द (विज्ञप्तिसहित)
काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि वैशाख २२ गते अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएका हुन् ।
बन्द गरिएका सेवामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल लगायत रहेका छन् । त्यस्तै सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकलको पालना गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न आग्रह गरिएको छ ।
त्यस्तै अत्यावश्यक सामाग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा( बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं उपत्यकाभित्र प्रवेश रोक लगाउने निर्णय समेत भएको छ ।
त्यस्तै अत्यवश्यक सेवामा एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दूरसञ्चार, इन्टरनेट लगायत सेवा सञ्चालन हुने जनाइएको छ । विश्वभर फैलिंदै गएको नयाँ भेरियन्टको कोभिड १९ को महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा समेत संक्रमण तिव्र रुपमा बढिरहेकाले उक्त संक्रमण रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राती १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायातका बन्द गरिएको जनाइएको छ । विज्ञप्तिमा सबैलाई यो आदेशको पालना गर्न आग्रह गरिएको छ । आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारवाही हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण