बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकद्वारा गाईघाटका अटो चालकहरुलाई क्यूआर कोड वितरण

सोमबार, १३ वैशाख २०७८, १८ : ५७
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायातबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । 

बैंकको गाईघाट शाखा कार्यालय परिसर भित्र आयोजित एक कार्यक्रम बीच बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै बैंकको प्रदेश नं. १ का प्रमुख सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढंगबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताए । 

यसैगरी, बैंक​ गाईघाट शाखाका प्रबन्धक रबिनराज दाहालले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनु पर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९को संक्रमणको जोखिम न्युनिकरण हुने बताए ।

बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप