चार वर्षदेखि फरार अपहरणकारी पक्राउ
पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेपछि विगत चार वर्षदेखि फरार रहँदै आएका व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका–२९ निवासी ४० वर्षीय वुधनराम चमारलाई मुद्दा फैसला भएको चार वर्षपछि घरै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
भारत विहारको पूर्वी चम्पारण रक्सौल निवासी रितेश कुमारलाई २०७१ साल भदौ ६ गते अपहरण गरी फिरौती माग गरेको अभियोग मुद्दाको पर्सा जिल्ला अदालतले २०७३ साल असार ६ गते फैसला गर्दै चमारलाई नौ वर्ष कैद र ५० हजार जरिवाना तोकेपछि उनी फरार रहँदै आएका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । पक्राउ परेका चमारलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि वीरगञ्ज कारागारमा पठाउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानमाथि विवेकको व्यङ्ग्य
-
बालीको प्रकोप तथा खाद्य पदार्थहरूको स्वच्छताको जोखिम न्यूनीकरण गर्न आग्रह
-
नेपाली मूलका कलाकार अमेरिकामा चित्रकला प्रतियोगितामा प्रथम
-
हेड चम्किँदा इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियालाई शृङ्खला
-
देशका ६ स्थानमा नदीको जलस्तर खतराको तहमा
-
कामिन्दु मेन्डिस अर्थात् श्रीलंकाली ‘ब्राडम्यान’