आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुई थान कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

सोमबार, १३ वैशाख २०७८, १८ : ४५
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६ बाट भारतीय युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले भारतको सितामढी घर भएका २२ वर्षीय सकलदिप कुमारलाई पक्राउ गरेको हो । आरोपीको साथबाट २ नाल कटुवा पेस्तोल, २ राउण्ड गोली र दुई सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

आइतबार साँझ भारतीय नम्बरको मोटरसाइकलमा सकलदिप नेपालतर्फ आएका थिए । कानुनी कारवाहीका लागी उनलाई सशस्त्र प्रहरीले स्थानिय प्रहरीको जिम्मा लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप