शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको संकेत देखिएसँगै बुद्ध एयरद्धारा थप उडानको घोषणा

सोमबार, १३ वैशाख २०७८, १८ : ४०
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । सरकारले निषेधाज्ञाको संकेत गरेसँगै बुद्ध एयरले थप आफ्नो उडान संख्या बढाएको छ ।

सोमबार उपत्यका स्तरिय तीन जिल्लाका जिल्ला प्रमुख (सीडीओ) हरुको बैठकले आगामी बैशाख १६ गतेदेखि उपत्यका भित्रका सार्वजनिक यातायातका साधनसँगै निजी सवारी साधन र अत्यावश्यक खाद्यान्न र औषधि पसलहरु बाहेक सबै पसल, बजार समेत बन्द गर्ने निर्णय गरेसँगै बुद्ध एयरले आफ्नो साविकको गन्तव्यहरुमा उडान संख्या बढाउने निर्णय गरेको हो ।

संभावित निषेधाज्ञालाई ध्यानमा राख्दै उपत्यका छाड्ने यात्रुहरुलाई सुविधा पु¥याउने उद्देश्यले उडान थपेको कम्पनीले जनाएको छ । यद्यपी कति संख्यामा उडान (फ्लाइट) थप गरिएको भन्ने विषय भने कम्पनीले खुलाएको छैन । 

‘काठमाडौं उपत्यकाका स्थानीय निकायहरुले कोरोना संक्रमण रोकथामका लागि बैशाख १६ गते बेलुकादेखि निषेधाज्ञा जारी गर्न लागेको छ । निषेधाज्ञापछि आउजाउ गर्न सहज हुनेछैन । तसर्थ बुद्ध एयरले आजदेखि १६ गतेसम्मका लागि यसका सबै गन्तव्यहरुमा उडान संख्या थप गरेको छ ।

उडान संख्या थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुनेछ । बुद्ध एयरका उडानहरु संक्रमणरहित छन्, यसले हरेक उडान अगाडी जहाजलाई संक्रमणरहित सरसफाई गर्ने गरेको बुद्धले जनाएको छ । 

उडानका क्रममा तापक्रम चेकजाँज, फेस शिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्यान्ड सेनिटाइज गर्ने गरेको छ’ कम्पनीद्वारा जारी सूचनामा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप