बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सीमा नाकामा कडाई गर्न सशस्त्र प्रहरी प्रमुखको निर्देशन

सोमबार, १३ वैशाख २०७८, १८ : ३८
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाई गर्न बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्गमार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्यवस्थित गर्न, कोरोना सम्बन्धी जनचेतना फैलाउन र उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन र कोरोना महामारी नियन्त्रणका लागि उच्च सतर्कताका अपनाउन बाहिनीपतिहरुलाई भनेका छन् । आफ्ना युनिटको अवस्था बुझ्न र कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउनको लागी कडाईका साथ प्रस्तुत हुन खनालले निर्देशन दिएका हुन् ।

‘आन्तरिक व्यवस्थापन, सीमा नाकामा कडाई, अत्यावश्‍यक वस्तु ढुवानीमा सहजीकरण गर्नुस्’ खनालले निर्देशन सम्बोधन गर्दै भने- ‘महामारीको मौकामा हुने चोरी, तस्करी नियन्त्रणमा प्रभावकारी ढंगले काम गर्नुस् ।’
बाहिनीपतिहरुले आफ्ना–आफ्ना कार्य प्रगति विवरण प्रस्तुत गरेका छन् । बाहिनीपतिहरुले कोरोना संक्रमण नियन्त्रणको लागी भएका प्रयासका बारे आफ्नो–आफ्नो योजना प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप