आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बन्यो, गम्भीर बनौं : सभापति देउवा

सोमबार, १३ वैशाख २०७८, १८ : २६
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न सरकारसँग माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनतर्फ सरकारलाई गम्भीर हुन माग गरे । 

'देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतीमा बढेको छ भने सक्रमणवाट गम्भीर विरामी भएर आईसियु र भेन्टिलेटरको आवश्यकता पर्नेको संख्या पनि वढ्यो   छ । अहिले युवाहरूमा पनि संक्रमण उल्लेख्य रुपमा बढेको छ । संक्रमितहरुको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ,' विज्ञप्तिमा भनिएको छ ।


यस्तै उनले आम नागरिकहरुलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको भन्दै यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको  देउवाको भनाइ छ ।

'मित्रराष्ट्र भारतवाट शुरुमै दश लाख निःशुल्क खोप प्राप्त भएको कारण ठूलो  राहत महशुस भएको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण हुँदैछ । यस सहयोगका लागि दुवै मित्रराष्ट्रहरूलाई धन्यवाद दिन चाहन्छु । देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझ ठुलो संख्यामा खोपको आवश्यकता छ,' देउवाले भने ।

चाडो भन्दा चाडो आवश्यक खोपको व्यवस्था मिलाउने तर्फ ठोस योजना सहित कुटनैतिक सकृयता बढाउन पनि देउवाले सरकारसँग माग गरे ।


देउवाले अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरूलाई बुकिङ भएको संख्या मध्येबाट  खोप सुविधा उपलव्ध गराउन पनि सम्वन्धित मित्रराष्ट्रहरूसँग अनुरोध गरे । कोभिड–१९ बाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र सक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि सम्पूर्णलाई देउवाको अनुरोध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप