सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एकै परिवारका ४ जनामा कोरोना संक्रमण, हेलिकप्टर चार्टर गरेर काठमाडौं

सोमबार, १३ वैशाख २०७८, १८ : १३
सोमबार, १३ वैशाख २०७८

विराटनगर । संखुवासभाको खाँदबारीमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ । संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

 कोरोना पोजेटिभको लक्षण देखिएपछि अध्यक्ष शाक्यको परिवारलाई सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको हो। उनीहरुलाई हेलिकप्टर चार्टर गरि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । दोस्रो चरणको कोरोना संक्रमण गम्भीर प्रकृतिको समस्या भएको भन्दै जिल्ला अस्पताल खाँदबारीले उनीहरुलाई रिफर गरेको हो ।

सदरमुकाम खाँदबारी –१ का शाक्यको परिवारमा कोरोनाको लक्षण देखिएपछि खाँदबारी जिल्ला अस्पतालमा एन्टिजेन जाँच गर्दा पोजेटिभ देखिएको थियो । जिल्ला अस्पताल खाँदबारीमा सोमबार ७ जनाको एन्टिजेन चेक गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये एक जनामा भने स्वास प्रश्वासको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप