शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

होस्टेलमा किशोरीको मृत्यु प्रकरण : विद्यालयले १० लाख क्षतिपूर्ति दिने

सोमबार, १३ वैशाख २०७८, १७ : ४०
सोमबार, १३ वैशाख २०७८

रुपन्देहीको तिलोत्तमा–१ नयाँ मिलमा रहेको प्यारामन्ट बोर्डिङ हाई स्कूलको होस्टलमा गत शनिबार ज्यान गुमाएकी छात्राको परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने भएको छ । ज्यान गुमाउने १५ वर्षीया प्रतिभा सापकोटा गुल्मीको चन्द्रकोट  गाउँपालिका–८  साबिक तुराङ्ग गाबिसको धुर्मु घर भएकी कक्षा १० मा अध्ययनरत थिइन्  ।

बोर्डिङका सह–प्रिन्सिपललिलाधर किरातेका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले सापकोटा होस्टेलमा नै थिइन् । उनको छाती दुख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर  घर पठाइएको तर उपचारका क्रममा मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो । क्रिमशन अस्पतालले सापकोटाको बाटोमा नै मृत्यु भएको बताएको थियो ।

विद्यालयको लापरबाहीका कारण सापकोटाको निधन भएको उनको परिवारको आरोप छ । सापकोटाका  ठूलो  बुवा  दधिराम सापकोटाले आइतबार  राति  १२ बजेसम्म  भएको छलफलमा  विद्यालयले  लापरबाही स्विकार  गर्दै १० लाख  तिर्न  र  विद्यालय  हाताभित्र उनको शालिक  स्थापना गर्न सहमत भएको जानकारी दिए ।

सो रकमबाट मृतक प्रतिभाको गाउँ गुल्मी तुराङ्गस्थित  विद्यालयको  शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरिने उनको परिवारले जानकारी दिएका छ ।

दधिराम सापकोटाका अनुसार एसईई परीक्षाको तयारीका लागि  भन्दै प्रतिभासहित ६ जना छात्राहरुलाई दुई महिनाअघिदेखि  होस्टलमा राखिएको थियो ।

प्रतिभाको मृत्यु भए लगतै  प्रिन्सिपल दामोदर भुसाललाई भगाइएको  थियो । राति  बोर्डिङका अध्यक्ष पूर्णबहादुर सापकोटासहितको टोली  छलफलमा बसेर गल्ती स्वीकार गरेको सापकोटाले बताए ।

प्रतिभाका  बाबु डोलनाथ  सापकोटा र  लक्ष्मी सापकोटा  जापानमा  छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप