आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलाली र कञ्चनपुरमा कोरोना बढेपछि स्थानीय प्रशासनद्वारा कडाइ (निर्णयसहित)

सोमबार, १३ वैशाख २०७८, १७ : ००
सोमबार, १३ वैशाख २०७८

कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसेको विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले थप कडाइ गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार बसेको बैठकले कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण दर बढेपछि २५ बुँदे निर्णय गर्दै कोभिड–१९ सम्बन्धी स्वास्थ्य प्रोटोकल पालनामा थप कडाइ गर्ने भएको हो ।

यी दुवै जिल्लामा अत्यावश्यक कामबाहेक राती ८ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक स्थानमा हिँडडुलमा रोक लगाइएको छ । त्यसबाहेकका समयमा पनि कामबिना बाहिर ननिस्कन सार्वजनिक आह्वान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए ।

कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट आउने नेपालीलाई एन्टिजेन र ज्वरो नापेर जिल्लागत रुपमा छुट्याई सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था गर्ने, भारतमा किनमेल गर्न जाने–आउनेको अभिलेख राख्ने निर्णय भएको उनले बताए ।

सीमा नाकामा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ताका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने, नाकामा होल्डिङ सेन्टर निर्माणका लागि अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ ।

जिल्लास्तरका विद्यालय, कलेज ट्युसन सेन्टर, तालिम केन्द्र लगायत शैक्षिक संस्था वैशाख १४ देखि ३१ गतेसम्म बन्द गर्ने, होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने र अन्य समयको हकमा तयार गरिएका खाद्य परिकार लैजाने सेवा वा होम डेलिभरी मात्र सञ्चालन गर्न दिने तथा उक्त व्यवस्था पालना भए–नभएकोबारे कडाइसाथ अनुगमन गर्ने निर्णय भएको जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप