शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त, विवाद बढ्दै

सोमबार, १३ वैशाख २०७८, १६ : ३७
सोमबार, १३ वैशाख २०७८

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन गरेको छ ।

संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय प्रदेशसभा सचिवालयमा पठाइएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका संसदीय दलका नेता पाण्डेयले जानकारी दिए ।

​यसरी उपनेता, प्रमुख सचेतक र सचिव चयन गरिका सबै हालै शंकर पोखरेल नेतृत्वको सरकारमा गएका मन्त्रीहरु हुन् । ६ सांसद रहेको जसपा नेपालका ४ सांसदको हस्ताक्षरमा नेताहरु चयन गरिएको हो । उक्त बैठकमा नगएका दुई जनाले भने उक्त निर्णयप्रति आपत्ति जनाएका छन् ।

सुरुदेखि जसपा संसदीय दलको नेता रहेका सहसराम यादवले उपनेता र प्रमुख सचेतक छनौटको विरोध गरे । उनले संसदीय दलको विधानमा दुई वर्षसम्म दलको नेतालाई हटाउन नमिल्ने स्पष्ट उल्लेख भएको बताए ।

पार्टीको निर्णयबिना सरकारमा सामेल भएका चारजनालाई कारवाहीका लागि आफूले पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेको र छिट्टै निर्णय आउने उनले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप