शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको हल्लाले लगानीकर्ता आतिए, सेयर बजार झनै घट्यो

सोमबार, १३ वैशाख २०७८, १६ : ०१
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । कोरोना सक्रमण बढ्दै गएपछि निषेधाज्ञा हुने हल्लाले सेयर बजारका लगानीकर्ता आतिएको देखिएको छ । लगानीकर्ता आतिदा बजार झनै ओरालो लागेको छ । निषेधाज्ञाको हल्लाले लगानीकर्ता पैसा जोहो गर्न लागेको आशंका विश्लेषकहरुले गरेका छन् । यद्यपि आज मात्रै बजार घटेको भने होइन । केही दिन देखि बजार घटिरहेको छ । 

सोमबार (बैशाख १३) मा नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा अडिएको छ । २ कम्पनीको भाउ भने सर्किट लाग्ने गरी वृद्धि भएका छन । त्यसमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । र, महिला लघुवित्त वित्तिय संस्थाको पनि सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । 

आज ६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय २० कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । अपर तामाकोशी कारोबार रकममा सबैभन्दा अघि छ । यसको ३१ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । दोस्रोमा निफ्रा र तेस्रोमा पुनर्बिमा कम्पनी परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप