शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘फ्लोर क्रस’गरेका कर्णालीका चारको सांसदको पद गयो

सोमबार, १३ वैशाख २०७८, १५ : ५०
सोमबार, १३ वैशाख २०७८

    सुर्खेत । पार्टीको ह्वीप विपरित ‘फ्लोर क्रस’  गरेर माओवादी नेतृत्वको सरकारलाई जोगाउन लागेका कर्णालीका चारजना सांसदको पद औपचारिक रुपमा गएको छ ।  
 एमालेको निर्देशन विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत उनीहरुले दिएका थिए ।  

सांसद पद जानेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । प्रकाश ज्वाला बाहेक अन्य तीन जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरिसकेका छन् ।  
यसअघि आईतबार एमाले संसदीय दलले चार सांसदले दल त्याग गरेको सूचना प्रदेशसभामा दर्ता गरेको थियो । सो पत्र सोमबार प्रदेश सभामा सुनाउँदै सभामुख शाहीले चार सांसदको पद रिक्त रहेको बताएका हुन् । 

माओवादीले पनि आफ्ना एक जना सांसदलाई कारबाही गरिसकेको छ । अब कर्णाली प्रदेश सभामा सांसदहरुको संख्या ३७ रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप