हिमालयन बैंकको एससीटी युनियन पे कार्ड सेवा संचालनमा, नेपाल र भारतका सबै एटीएम तथा पस टर्मिनलमा चल्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेड र युनियन पेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियन पे कार्ड सेवा संचालनमा आएको छ । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलामा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।
युनियन पेका प्रतिनिधिले हिमालयन बैंक लिमिटेडले एचबीएल युनियनले एससीटीको ब्रान्डेड कार्ड आफ्ना ग्राहकहरूका लागि जारी गर्न शुरु गरेकोमा प्रसन्नता व्यक्त गरे । त्यस्तै निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले युनियन पे तथा एससीटीसँग सहकार्य गरी “एचबीएल युनियन पे एससीटी कार्ड” संचालनमा ल्याएकोमा खुशी व्यक्त गरे । उनले नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्रान्डहरु जस्तैः अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टर कार्ड, यूनियन पे, भीसा जारी तथा स्विकार गर्ने र छिटै डाइनर्स एन्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको जिकिर गरे ।
हिमालयन बैंक युनियन पेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि संचालनमा रहेको तथा उक्त कार्ड बैंकले सन् २०१४ देखिनै जारी गर्दै आइरहेको छ । सन् २०१८ देखि क्यू पे वालेट पनि संचालन गर्दै आएको एससीटी नेपालमा युनियन पेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई