बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘दोख’ ले ल्यायो पहिलो गीत ‘रातैले बुन्छ’

सोमबार, १३ वैशाख २०७८, १५ : ०४
सोमबार, १३ वैशाख २०७८

काठमाडौंँ । फिल्म ‘दोख’को पहिलो गीत ‘रातैले बुन्छ’ सार्वजनिक भएको छ । उपयुक्त समय हुने बितिकै प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण युनिटले गीत मार्फत फिल्मको प्रचार थालेको हो । अनुप बराल निर्देशित फिल्मको गीतमा झुमा लिम्बुको स्वर, श्रवण मुकाङको शब्द र पुष्पा संगमको संगीत रहेको छ । श्रव्य र दृश्य दुवै उत्कृष्ट रहेको गीत बिम्बात्मक पनि छ । 

द्वन्द्वकालको कथामा करिब ६ वर्ष अगाडि निर्माण भएको ‘दोख’ को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । स्थिति सामान्य भएर फिल्म हल खुलेपछि प्रदर्शनमा ल्याइने निर्देशक बरालले बताए । भोजपुरको सुन्तले र बाघखोर वरपर छायाँकन भएको फिल्ममा दीया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिवज राईलगायत कलाकारको अभिनय रहेको छ । शैलेन्द्र डी कार्कीले छायाँकन, राजन कठैतको कथा तथा पटकथा फिल्ममा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप