बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

डिजिटल प्रविधिको प्रयोग बढाउन लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्टको घोषणा

सोमबार, १३ वैशाख २०७८, १४ : ४२
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । लक्ष्मी बैंकले एपीआई बैंकिङ्गको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एलएक्सबी कनेक्ट नामक एपीआई डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ । 

यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् । 

एलएक्सबी कनेक्ट स्यान्ड बक्स वातावरण अन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआई सम्बन्धि कार्यसँग एकीकरणको सम्भावनाहरूलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सकिन्छ । 

लक्ष्मी बैंकले यी खाता व्यवस्थापन, वित्तीय तथा गैर वित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी एपीआईमा पहुँच प्रदान गर्ने जनाएको छ । 

खाता व्यवस्थापनः खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने ।
वित्तीयः हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी,  तलब भुक्तानी, सेटलमेन्ट आदी । 
गैर वित्तीयः विनिमय दर, शाखा/एटीएमहरुको जानकारी, प्रमाणीकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप