बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मनमोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

सोमबार, १३ वैशाख २०७८, १४ : २९
सोमबार, १३ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश गरिएको छ । प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक प्रारम्भ भएलगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

सम्बोधनको सुरुमै उनले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले स्व. अधिकारीको वार्षिक पुण्य तिथिका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

बैठकमा उनले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्ने कारणबारे आफ्ना धारणा राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप