मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

सोमबार, १३ वैशाख २०७८, १४ : ३०
सोमबार, १३ वैशाख २०७८

जनकपुर  । धनुषाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आज मृत्यु भएको कोभिड अस्पतालले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार उच्च रक्तचापका विरामी समेत रहेका ती पुरुषलाई वैशाख ९ मा प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो । वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप