शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर प्रवेश गर्ने यात्रुमाथि कडाइ

सोमबार, १३ वैशाख २०७८, १४ : ०३
सोमबार, १३ वैशाख २०७८

मकवानपुर । छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर–२ बाट रातोमाटे नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरूको ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मकवानपुर प्रवेश गर्ने दक्षिणी रातोमाटे नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरूको हेटौंडा बस पार्कमा ज्वरो नाप्ने÷परीक्षण गर्ने, साबुन पानीले हात धुन लगाउने, मास्क र सेनिटाइजरको प्रयोग गर्न लगाएर मात्र पठाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैठकले बैशाख १४ गतेदेखि पार्टी प्यालेस पूर्ण रुपमा बन्द गराउने र अर्को निर्णय नभएसम्मका लागि ७ बैशाखमा भएका निर्णय अनुसार विवाह वा ब्रतबन्धलाई पार्टी प्यालेस प्रयोग गर्नु परेमा पूर्व स्वीकृति लिनु पर्ने प्रावधानलाई खारेज गर्ने निर्णय गरेको छ ।

जिल्लामा संक्रमणको क्रम बढ्दै गएकाले अक्सिजनको अभाव हुन नदिनको लागि आवश्यक तयारी गर्ने बैठकले निर्णय गरेको छ ।  
अक्सिजनको आपूर्तिलाई सहज बनाउनका लागि अक्सिजन सिलिन्डर आपूर्तिकर्ताहरुसंगको समन्वयमा हाल मौज्दातमा रहेका अक्सिजनको विवरण माग गर्ने र स्वास्थ्य कार्यालय मकवानपुरको नेतृत्वमा निरन्तर अनुगमन गर्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्ये नजर गर्दै जिल्लाका स्थानीय तहमा कोभिड परीक्षणको योजना तयार गरी परीक्षणका दायरा विस्तार गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप