शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्वारा राष्ट्र बैंकमा सपथ ग्रहण

सोमबार, १३ वैशाख २०७८, १३ : ३०
सोमबार, १३ वैशाख २०७८

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका अध्यक्ष जगत पोखरेलले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।  राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले अध्यक्ष पोखरेललाई बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा सपथ ग्रहण गराएका हुन्  । गत चैत ३१ गते भएको संस्थाको पाँचौ वार्षिक साधारणसभाले संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व हुने सञ्चालक चारजना र सर्वसाधारण समूह ‘ख’ बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएकाले ती पदहरुमा नयाँ पदाधिकारी चयन गरेको थियो । 

निर्वाचनबाट संस्थापक समूह ‘क’ बाट जगतबहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित भएका हुन् भने सर्वसाधारण समूह ‘ख’ बाट केशवराज पन्थी र विमल आचार्य चयन भएका हुन् । सञ्चालकहरुको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष जगत बहादुर पोखरेललाई नै चार वर्षका लागि फेरि अध्यक्षमा चयन गरेको थियो ।

आरम्भ चौतारी लघुवित्तलाई देशकै सवैभन्दा ठूलो लघुवित्त वित्तिय संस्था बनाउने अठोट अध्यक्ष पोखरेलले गरे । बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था बनेको हो । एकीकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोबार सुरु गरेको थियो ।

नेपाल राष्ट्र बैंकले उनीहरुलाई एकीकृत कारोवार सुरु गर्न २०७६ सालको फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । बैंकको पाँचौँ साधारणसभाले गत आव २०७६÷०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप