शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंमा कडाइ गर्न थालियो, मास्क नलगाउने १३२५ माथि कारबाही

सोमबार, १३ वैशाख २०७८, १३ : ०६
सोमबार, १३ वैशाख २०७८

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण फैलिँदै गर्दा काठमाडौंमा मास्क नलागाइ हिँड्नेमाथि कारबाही थालिएको छ । सोमबार मात्रै प्रहरीले मास्क नलगाउने १३२५ जनालाई नियन्त्रणमा लिएर केहीबेर होल्डमा राखेर सम्झाइबुझाइ छाडेको छ । 

नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी  सोमबार बिहान मास्क नलगाई हिँड्ने ३२२ महिला र १००३ पुरुष गरी १३२५ जनालाई केही समय  होल्ड गरी  सम्झाइबुझाइ गरेर छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप