सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

दिल्लीमा १८ वर्षभन्दा माथिका सबैलाई निःशुल्क कोरोना खोप लगाउने घोषणा

सोमबार, १३ वैशाख २०७८, १३ : ०४
सोमबार, १३ वैशाख २०७८

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा १८ वर्षभन्दा माथिका सबैलाई निःशुल्क कोरोना खोप लगाउने घोषणा गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै उनले चाँडोभन्दा चाँडो धेरैभन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना रहेको बताए । प्रदेश सरकारले एक करोड ३४ लाख खोप खरिद गर्ने योजना स्वीकृत गरिसकेको उनले बताए ।

खोप लगाइसकेपछि कोरोनाका कारण कोरोनाका कुनै पनि बिरामीको स्वास्थ्य स्थिति गम्भीर नहुने उनको विश्वास छ । कोभिड–१९ खोपको तेस्रो चरणको अभियानका लागि २८ अप्रिलदेखि नाम दर्ता सुरु गर्ने र १ मेबाट १८ वर्ष पूरा भएका सबैलाई खोप लगाउने अभियान सुरु गर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले खोपको मूल्यमा देखिएको असन्तुलनप्रति आपत्ति जनाए । उनले खोपको मूल्य सबैका लागि र सबै ठाउँमा समान हुनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप