शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

माधव नेपाल समुहको मुद्दा ६ नम्बर पेशीमा

सोमबार, १३ वैशाख २०७८, १२ : ०२
सोमबार, १३ वैशाख २०७८

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मुद्दा सोमबार पनि सर्वोच्च अदालतको पेशीमा चढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सो मुद्दा सुनुवाइका लागि ६ नम्बरमा पेशी तोकिएको हो आइतबार पनि उक्त मुद्दा ढुंगानाकै इजलासमा परेको थियो ।

तर, आइतबार हेर्न नभ्याउने भन्दै सुनुवाइ सोमबारलाई सरेको थियो । पेशी सूचीमा नेपाल समुहको मुद्दा अगाडि पाँचवटा बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चार नेताले सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकले निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाएका छन् ।

वरिष्ठ नेता नेपाल, नेतात्रय भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टीको कानून विपरीत कारबाही भएको हुँदा बदर गर्न माग गर्दै तिलक थापाको वारेसमार्फत् रिट निवेदन दिएका हुन् ।

‘विवरण विपरीतका सबै काम कारबाही र निर्णयहरू गैर संवैधानिक, गैर कानुनी र पार्टी विधान विपरीत हुने देखिन्छ, प्रधानमन्त्री ओलीले गर्नुभएको कथित कारबाही र त्यसअघिको स्पष्टीकरणसमेत स्वतः  गैर कानुनी भएकाले त्यस्ता सबै काम कारबाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्ने देखिन्छ’, रिट निवेदकहरूको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप