आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको ग्राफ ह्वात्तै बढेपछि सुर्खेतमा एक हप्ता निषेधाज्ञा

सोमबार, १३ वैशाख २०७८, ११ : ४८
सोमबार, १३ वैशाख २०७८

सुर्खेतमा कोरोनाको ग्राफ ह्वात्तै बढेपछि निषेधाज्ञा गर्ने भएको छ ।  मंगलबार (भोलि) राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।’ 

सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित रहेका छन्  । भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । जसको प्रत्यक्ष प्रभाव कर्णालीमा पर्ने देखिन्छ । कर्णालीका अधिकांश नागरिकहरु रोजगारीका सिलसिलामा भारत जाने गरेका छन् । तर, रोकथामका तथा चेकजाँचमा भने खासै प्रभावकारिता प्रदेश सरकारले देखाउन सकिरहेको अवस्था छैन ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप