बिना मास्क हिँड्दा दुईघण्टा कलंकी चोकको होल्डिङमा
सोमबार, १३ वैशाख २०७८, ११ : ३३
काठमाडौं । कोरोना महामारी बढेपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कडाइ गरेको छ । सोमबार विहान बिना मस्क हिँड्नेलाई प्रहरीले दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा राखेको छ ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र प्रहरी प्रभाग कलंकीले संयुक्त रुपमा चन्द्रागिरी र कलंकी क्षेत्रमा ‘मास्क खोई’ अभियान शुरु गरेका छन् । सो अभियान अन्तर्गत उपत्यका बाहिरिने र प्रवेश गर्ने सवारीका यात्रुलाई मास्क लगाउन आग्रह गरिएको छ ।
बिना मास्क सडकमा निस्कनेलाई दुईघण्टा होल्डिङ सेन्टरमा राखेर मास्क प्रयोगबारे सचेत गराइएको कलंकी महानगरीय प्रहरी प्रभाग कलंकीले जनाएको छ । समाचार तयार पार्दासम्म कलंकी चोकमा त्यसरी बिना मास्क हिँड्ने २१ जनालाई होल्डिङमा राखेर छाडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली फिल्मका १० निर्देशक : कसले कुन फिल्म निर्देशन गर्दैछन् ?
-
काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस
-
वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरणमा दूतावासको बदमासी
-
पाँच महिनामा २० अर्ब ६६ करोड विदेशी लगानी प्रतिबद्धता
-
टीआरसी अन्योलमा परेपछि अन्तर्राष्ट्रिय समुदाय, पीडित र मानवअधिकारकर्मीले गराए सरकारको ध्यानाकर्षण
-
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश