गण्डकी प्रदेश : आज मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुने

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका दलहरूको माग बमोजिम डाकिएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुँदैछ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार सुरु हुने बैठकमा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची बनाएको हो ।
विशेष अधिवेशनको पहिलो दिनको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तावको औचित्य प्रकाश पार्नेछन् । त्यसपछि सांसदहरुले अविश्वास प्रस्तावमाथि आफ्नो धारणा राख्नेछन् ।
पहिलो दिनको बैठकमा कति सांसदले बोल्ने भन्ने टुङ्गो लागेको छैन । सांसदहरुले टिप्पणी गरिसकेपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढाइने सांसद दिपक कोइरालाले बताए ।
सांसदहरु बोल्ने क्रम पहिलो दिनमै सकिएको अवस्थामा मंगलबार अविश्वास प्रस्ताव उपर मतदान हुने छ । सांसदहरुको बोल्ने क्रम लम्बिएमा भने तेस्रो दिन अर्थात् १५ गते अविश्वास प्रस्तावलाई मतदानको प्रक्रियामा लैजानेगरी कार्यसूची तय गरिएको सांसद कोइरालाले जानकारी दिए ।
६० सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ३१ मत ल्याउनुपर्ने हुन्छ । प्रदेशसभामा नेकपा एमालेका २७ सांसदमात्र छन् । एमालेलाई जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका हुन् ।
एमालेको समर्थनमा चुनाव जितेको स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ मुख्यमन्त्रीलाई नै साथ दिने बताउँदै आएका छन् । तर, उनको समर्थनले मुख्यमन्त्री गुरुङको पद जोगिने अवस्था छैन ।
मुख्यमन्त्रीको पद जोगिनका लागि राजिव गुरुङसहित जनमोर्चाको मत आवश्यक पर्छ । जनमोर्चाको केन्द्रीय नेतृत्वले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइसकेकाले अहिले मुख्यमन्त्री अल्पमतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद
-
बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएको छ : अर्थमन्त्री
-
नयाँ वर्षमा द क्लिफमा गायिका रचनाको प्रस्तुति
-
फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने