९ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ
सोमबार, १३ वैशाख २०७८, ११ : १५

काठमाडौं । अपहरण गरेर फिरौती मागेको मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ घर भएका बुधनराम चमार छन् । ०७१ भदौ ६ मा बुधनराम सहितका समुहले भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरेर फिरौती मागेका थिए ।
अपहरण तथा शरीरबन्धक मुद्दामा ०७३ असारमा पर्सा जिल्ला अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो । अदालतको फैसलापछि लुकेर हिँड्न थालेका ४० वर्षीय बुधनरामलाई वीरगञ्जस्थित बस्डिलवा गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम खिचिँदै नेपाली फिल्म, स्टारकै जगजगी
-
विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण