बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख २१ देखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला हुने

सोमबार, १३ वैशाख २०७८, १० : ५७
सोमबार, १३ वैशाख २०७८

मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ का स्थानीयलाई छुट्याइएको छ ।

यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ । प्रतिकित्ता सयका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ४ सय  कित्तासम्म आवेदन दिन सकिनेछ । केयर रेटिङ नेपालले यो आईपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यस आधारमा मध्ये भोटेकोशीले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।

कम्पनीले यसअघि २ चरण गरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई सेयर बिक्री खुला गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप