उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, थप कडाइ गर्ने तयारी

काठमाडौं । कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ ।
सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्ने लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई बताए । संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
उपत्यकामा थप क्षेत्रमा कडाइ गर्ने प्रशासनको तयारी छ । संक्रमित धेरै देखिएका ठाउँमा भिडभाड कम गर्ने रणनीति तय गरिने बताइएको छ । काठमाडौँका प्रजिअ पराजुलीका अनुसार सार्वजनिक यातायातको भीडभाड नियन्त्रण गर्नेगरी बैठकले रणनीति तयार गर्नेछ । होटल, रेष्टुराँमा पनि कडाइ गर्ने प्रशासनको तयारी छ ।
यता, सीसीएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि थप कदम चाल्नका लागि आज मन्त्रिपरिषद् बैठक समेत डाकिएको छ ।
मन्त्रिपरिषद्ले यसअघि नै रात्रि ब्यवसाय पूर्णरुपमा बन्द गरेको छ । होटल ब्यवसाय साँझ ८ बजेपछि बन्द गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा