कोरोनाको कहर : भारतमा एकैदिन साढे तीन लाखभन्दा बढी संक्रमित
सोमबार, १३ वैशाख २०७८, १० : ३६
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रफ्तारमा बढ्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतमा आइतबारमात्र साढे तीन लाखभन्दा बढी संक्रमित पाइएका छन् ।
भारतमा विगत २४ घण्टामा तीन लाख ५४ हजार ५३३ नयाँ संक्रमित फेला परेको जनाइएको छ । विश्वको कुनै पनि देशमा एकैदिन फेला परेका संक्रमितको यो नै सबैभन्दा ठुलो संख्या हो ।
भारतमा कोरोना संक्रमणका कारण विगत २४ घण्टामा दुई हजार ८०६ जनाको मृत्यु भएको छ । आइतबार दुई लाख १८ हजार ५६१ जना संक्रमणमुक्त भएको बताइएको छ ।
भारतमा हालसम्म संक्रमितको संख्या एक करोड ७३ लाख पुगेको छ । तीमध्ये एक करोड ४२ लाख संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना संक्रमणको कारण एक लाख ९५ हजार मानिसको मृत्यु भइसकेको छ ।
यस्तै सक्रिय संक्रमितको संख्या २८ लाख नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा