९ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ
सोमबार, १३ वैशाख २०७८, १० : ०७
काठमाडौं । अपहरण गरेर फिरौती मागेको मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ घर भएका बुधनराम चमार छन् । ०७१ भदौ ६ मा बुधनराम सहितका समुहले भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरेर फिरौती मागेका थिए ।
अपहरण तथा शरीर बन्धक मुद्दामा ०७३ असारमा पर्सा जिल्ला अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो । अदालतको फैसलापछि लुकेर हिँड्न थालेका ४० वर्षीय बुधनरामलाई वीरगञ्ज स्थित बस्डिलवा गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल