सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतका पत्रकारलाई अस्पतालको राहत प्याकेज, उपचारमा १० प्रतिशत छुट

सोमबार, १३ वैशाख २०७८, १० : ०४
सोमबार, १३ वैशाख २०७८

सुर्खेत । सुर्खेतमा कार्यरत पत्रकारहरुलाई वीरेन्द्रनगर स्थित देउती अस्पताल प्रालिले  उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती अस्पतालले आइतबार उपचार शुल्कमा १० हजार बराबरको रकम नलिने घोषणा गरेको हो ।  

पत्रकारहरू  अग्रपंक्तिमा खटिएर जोखिम मोलेर पनि नागरिकहरुलाई सुचना प्रवाह गर्ने भएकाले  पत्रकारले उपचार गर्दा राहत होस् भनेर यो निर्णय भएको हो,’ अस्पतालका प्रबन्ध निर्देशक डा. लोकेन्द्र थापाले भने ।  

साथै उनले पत्रकारहरू सँग सहकार्य गर्न चाहेको  कुरा पनि सुनाए । केही दिनभित्र महासंघ र अस्पतालबीच सो सम्वन्धमा लिखित सहमति गरिनेछ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बस्सेलले आगामी दिनमा पनि महासंघ सहकार्य गरेर जान तयार रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप