मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

विराटनगरका कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

सोमबार, १३ वैशाख २०७८, ०९ : ५५
सोमबार, १३ वैशाख २०७८

विराटनगरका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको आइतबार राति मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा  ४० वर्षीय ती पुरुषको मृत्यु भएको हो ।

प्रबन्धक नारायण दाहालले मृतकमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको थियो । अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेका ती पुरुषको  तत्काल उपचार थालिए पनि बचाउन भने नसकिएको दाहालले बताए ।

विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना गरिएको थियो ।  उनले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए ।

नोबेल अस्पतालले यसअघि कोरोना सङ्क्रमण कम हुँदै गएपछि सङ्क्रमितको उपचार गराउने आइसोलेसन बन्द गरेको थियो । तर कोरोनाको दोस्रो लहर सुरु भएर अवस्था भयावह बन्न लागेपछि आइतबारबाट आइसोलेसन पुनः सञ्चालनमा ल्याइएको छ । 

प्रबन्धक दाहालले यसअघि सञ्चालन गरेर बन्द गरिएको आइसोलेसन कोरोनाको दोस्रो लहर सुरु भएपछि पुनः सञ्चालन गरेर संक्रमितको उपचार गर्न थालिएको जानकारी दिए ।

उनका अनुसार पुनः आइसोलेसन सञ्चालन गरेकै पहिलो दिन छ जना संक्रमित भर्ना भएका थिए । भर्ना भएकामध्ये एक जना सङ्क्रमित पुरुषको ज्यान गएको दाहालले बताए । अहिले नोवेलको आइसोलेसनमा पाँच जना संक्रमितको उपचार जारी रहेको जानकारी उनले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप