मन्त्रिपरिषद बैठक आज, सीसीएमसीको सिफारिसमाथि निर्णय लिने
काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।
ज्ञवालीका अनुसार आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुनेछ ।
आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।
सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।
कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

