रोमाञ्चक मोडमा ला लिगा : एथ्लेटिको पराजित हुँदा बार्सिलाना विजयी
शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएपछि स्पेनिस ला लिगको उपाधि दौड रोमाञ्चक बनेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिको १–२ गोलले स्तब्ध बन्यो ।
घरेलु टोली बिल्बाओले खेलको शुरुवातमा नै एलेक्स बेरेंगुयरको गोलको मद्दतले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा स्टेफन साभिचले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए । यद्यपि, खेलको अन्त्यतिर इनिगो मार्टिनेजले गोल गर्दै एथ्लेटिकोलाई स्तब्ध बनाए ।
पराजयपछि एथ्लेटिको म्याड्रिड दोस्रो र तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनाभन्दा २ अंकले अघि रहेको छ । चौथो स्थानमा रहेको सेभिया थप एक अंकले पछि रहेको छ । बार्सिलोनाले भने एक खेल कम खेलेको छ । बिहीबार ग्रानाडालाई हराए बार्सा लिगको शीर्ष स्थानमा उक्लिनेछ ।
आइतबार नै भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित भिल्लेरियललाई २–१ गोलले पराजित गरेको थियो । खेलमा सामुएल चुकविजेले भिल्लेरियाललाई अग्रता दिलाए पनि एन्टोनी ग्रिजमानले ७ मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण तीन अंक दिलाए ।
दोस्रो हाफमा भिल्लेरियाल १० खेलाडीमा सिमित बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
-
अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु