सिटीलाई कीर्तिमानी लगातार चौथो लिग कप
म्यान्चेस्टर सिटीले कीर्तिमानी लगातार चौथो पटक लिग कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा टोटनहम हटस्पर्सलाई १–० ले पराजित गर्दै सिटीले उपाधिमाथि कब्जा जमाएको हो ।
खेलको ८२ औँ मिनेटमा एमेरिक लापोर्टेले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । केभिन डि ब्रुयनाको फ्रिकिकलाई हेड गर्दै लापोर्टेले जाली चुमाएका थिए । योसँगै सिटीले १९८० ताका लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ । लिभरपुलसँगे सिटीको यो सर्वाधिक आठौँ लिग कप उपाधि पनि हो ।
नयाँ प्रशिक्षक रायन मेसनको नेतृत्वमा स्पर्सले सिटीलाई दबाब राख्न असफल भएको थियो । स्पर्सले पछिल्ला तीन फाइनल गुमाएको छ ।
लामो समयपछि फुटबल समर्थकहरुलाई मैदानमा प्रवेश गर्ने अनुमति दिइएको थियो । मैदानमा दुवै टोलीका २–२ हजार समर्थकसहित ८ हजार जनालाई मैदानमा उपस्थित हुने अनुमति दिइएको थियो ।
सिटीले अब बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनको सामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म